कोशीको मुख्यमन्त्री नियुक्तविरुद्धको रिटमाथि आज पनि भएन सुनुवाइ

प्रशासन

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि आज पनि हेर्न नभ्याइनेमा परेको छ।
उक्त रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएकोमा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि सुनुवाइ हुन नसकेको हो।
थापालाई मुख्यमन्त्री नियुक्त गर्दा बहुमत पुरर्याउन सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की अदालतमा रिट निवेदन दर्ता गराएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट