`

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

Nepal One HD २६ असार २०८० ११:०२
प्रमुख खबर

काठमाडौं / कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्ध परेको रिटमाथि आजका लागि पेसी तोकिएको छ ।

लगातार दुई दिनसम्म हेर्न नभ्याईनेमा परेको मुख्यमन्त्री थापाको रिट आज सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।

थापालाई मुख्यमन्त्री नियुक्त गर्दा बहुमत पुरर्याउन सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की अदालत गएका थिए ।

कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।


प्रतिक्रिया