`

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २० करोड माग्दै मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ

Nepal One HD २६ असार २०८० ११:३७
प्रमुख खबर

काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाईज्यान मार्ने धम्की दिएको आरोपमा  एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धन व्युरो (सिआईबी) को टोलीले ज्यान मार्ने धम्की दिने ती व्यक्तिलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ पर्ने व्यक्तिबारे केही खुलाएको छैन ।

पक्राउ परेका ती व्यक्तिले प्रसाईँसँग २० करोड चन्दा मागेका थिए तर प्रसाईँले उक्त चन्दा दिन अस्वीकार गरेपछि ज्यान मार्ने धम्की आएको बताईएको छ ।

यस विषयमा थप विवरण आउन बाँकी रहेको छ ।


प्रतिक्रिया