भद्रपुर उडेको बुद्ध एयरको विमान १५ मिनेटमै काठमाडौँ फर्काइयो

प्रशासन

काठमाडौँ / काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ ।
त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाज प्राविधिक समस्याका कारण १५ मिनेटमै फर्काइएको हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको हो ।
फर्काइएको विमानका यात्रुहरुलाई अर्को विमानमार्फत भद्रपुरतर्फ लगिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट