राष्ट्रिय पुरुष भलिबलको कप्तानमा मानबहादुर श्रेष्ठ

NepalOne २ साउन २०८० ११:१८
खेलकुद

काठमाडौँ / राष्ट्रिय पुरुष भलिबलको कप्तानको जिम्मेवारी मानबहादुर श्रेष्ठलाई दिइएको छ । साउन १ गतेबाट लागु हुने गरी श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिइएको हो । 

नेपाल भलिबल संघका अनुसार हरिहजुर थापालाई हटाएर श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिइएको छ । थापालाई अनुशासन कारबाही गरिएको थियो । श्रेष्ठ यसअघि पनि नेपाली टोलीको कप्तान थिए ।

सोमबार बसेको नेपाल भलिबल संघको बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर श्रेष्ठलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । 


प्रतिक्रिया