नेपाल स्कटल्यान्डसँग पराजित

NepalOne २६ जेठ २०८२ ०:००
खेलकुद

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डीमा आइतबार भएको खलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो ।

स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो । नेपालका भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार गरेको थियो ।


प्रतिक्रिया