लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिद्धारा शनिबार राष्ट्र बैंक घेराउ

प्रशासन

काठमाडौँ / बिभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ ।
लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने लगाएतका माग राख्दै समितिले काठमाडौंको बालुवाटारस्थीत राष्ट्र बैंक घेराउ गरेका हुन् ।
आफुहरुलाई लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको उनीहरुको आरोप छ । उनीहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सारेका छन् । संघर्ष समितिले आफुहरुको मागका बिषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट