`

संसद भवन घेराउ गर्न खोज्ने आन्दोलनकारी प्रहरी नियन्त्रणमा

Nepal One HD १० साउन २०८० १३:१६
प्रमुख खबर

काठमाडौँ / लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै संसद भवन घेराउ गर्न खोज्ने केहि आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पिडा दिदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा संसद भवन घेराउ गर्न खोज्दा केहि आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको माइतिघरबाट बानेश्वरतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा केहिबेर आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो । आन्दोलनमा सहभागीहरुले लघुवित्तका कारण आफुहरु पीडित भएको भन्दै सरकारले समस्या समाधान गर्नुपर्ने माग गरेका थिए । उनीहरुले आफ्ना माग पुरा नभए घर नफर्कने समेत बताएका छन् ।

नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सार्दे देशभरका लघुवित्त पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।


प्रतिक्रिया