`

आरआर क्याम्पसमा लोकेश-शैलेन्द्र नेतृत्वको स्ववियुले पायो वैधानिकता

Nepal One HD ४ असार २०८२ २२:४६
राजनीति

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियुले वैधानिकता पाएको छ । विनोदराज जोशीसमूह र रविनराज खत्रीले दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेसँगै क्याम्पसको स्ववियुले वैधानिकता पाएको हो ।

निर्धारित समयमा चुनाव हुन नसकेपछि आरआरमा अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका लोकेस खड्काको अध्यक्षतामा स्ववियु कार्यसमिति चयन गरिएको थियो । जोशी लगायतले स्ववियु गठनमा आफूहरुलाई समावेश नगरिएको र प्रक्रियागत त्रुटि भएको दाबी गर्दै रिट दायर गरेका थिए।

सोही रिटमा बुधबार सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले खारेज गरेको हो। माग अनुरूप स्ववियु खारेज गर्नु पर्ने कुनै वैधानिक आधार नभएको अदालतको ठहर छ । योसँगै सभापति खड्का र सचिव शैलेन्द्र उपाध्यायको नेतृत्वमा रहेको वर्तमान स्ववियुले विधिवत रूपमा आफ्नो कार्यकाल अगाडि बढाउने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *