सुन तस्करी प्रकरण :ठमेलस्थित होटल भियानामा राजस्वको छापा,एक जना पक्राउ

प्रमुख खबर

काठमाडौँ / विमानस्थलबाट बाहिरिएको १ सय किलो सुन प्रकरणमा कनेक्शन देखिएपछि राजश्व अनुसन्धान विभागले काठमाडौँको ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।
उक्त प्रकरणमा विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ ।
विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको विभाग उच्च स्रोतले जनाएको छ ।
हालसम्म यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट