`

राष्ट्रपति पौडेलको उपचार खर्चसम्बन्धीको रिट न्यायाधीश सिन्हाको इजलासमा

Nepal One HD १४ साउन २०८० १३:०९
प्रशासन

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट सुनवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ ।

राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले बेहोर्ने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो । उक्त रिट अधिवक्ता विष्णुकुमार गिरीले दर्ता गराएका थिए ।पौडेल बिरामी हुँदा भारतमा भएको उपचार खर्च बापत झण्डै ५५ लाख रुपैयाँ सरकारले व्यर्होने निर्णय गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गहृ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई गिरीले उक्त रिट दायर गरेका थिए ।


प्रतिक्रिया