अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि अधिवक्ता पाण्डे रिहा

प्रमुख खबर

काठमाडौं / विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउमा परेकी अधिवक्ता भगवती पाण्डे थुनामुक्त भएकी छिन्।
जिल्ला अदालतले उनलाइ बुधबारनै थुनामक्त गर्न आदेश दिएको हो। अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको प्रहरीले जनाएको छ ।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पाण्डले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेको थियो।
उनको सो अभिव्यक्तिप्रति तामाङ समुदायले विरोध गर्दै बुधबार काठमाडौं प्रहरी परिसर घेराउ गर्दै तोडफोडमा उत्रिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट