`

सुन तस्करी प्रकरण: पक्राउ परेकी भन्सार एजेन्ट सुब्बा रिहा

Nepal One HD १९ साउन २०८० १३:०४
प्रशासन

काठमाडौं / सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बा रिहा भएकी छन् ।

सुब्बालाई ‘जिम्मा जमानीमा’ रिहा गरिएको हो ।

उनी क्यान्सर पीडित भएकोले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।

घाँटीको क्यान्सर पिडित रुक्मिनालाई किमो थेरापी गर्नुपर्ने देखिएपछि रिहा गरिएको उनले बताए ।


प्रतिक्रिया