`

शिक्षा क्षेत्रमा प्रयाप्त लगानी गर्नुपर्ने भन्दै काठमाडौंमा बिद्यार्थीको प्रदर्शन

Nepal One HD १९ साउन २०८० १४:०८
प्रशासन

काठमाडौँ / शिक्षा क्षेत्रमा प्रयाप्त लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पसका बिद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माणका साथै विद्यार्थीहरुले सहज रुपमा पढ्नसक्ने गरि शिक्षामा लगानी गर्नुपर्नै भन्दै थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् । क्याम्पसमा विद्यार्थीहरुले पाउनुपर्ने सुविधा नपाएका कारण पढाइमा समस्या परेको, थापाथली क्याम्पसले फि बढाउने तयारी गरेको उनीहरुले बताएका छन् । सरकारले शिक्षामा लगानी नगरेकै कारण त्यसको भार विद्यार्थीहरुले बोक्न बाध्य भएको थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सभापति पुस्कर शाहीले बताउनुभयो ।

गैरजिम्मेवार सरकार विरुद्ध प्रदर्शन व्यानरका साथै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकार वर्तमान देउ, इन्जिनियर बन्छौ, भविष्य दिन्छौ, शिक्षा मै राजनीति देशको बेजती, सरकार झुठो आश, ठूलो निकास लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया