`

ललिता निवास प्रकरण : विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी

Nepal One HD २२ साउन २०८० १०:३२
प्रमुख खबर

काठमाडौं : ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पूर्वमन्त्रीहरू गच्छदारसहित डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाहविरुद्ध पुर्जी जारी भएको हो।

केन्द्रीय अनुसन्धान (ब्युरो) सीआईबीका अनुसार उनीहरूविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको थियो । सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनीहरूलाई प्रतिवादी बनाइएको थियो । अहिलेसम्म यो प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ, जसमा ४ पूर्व सचिव छन् । पूर्व मन्त्रीहरू विरुद्ध भने पहिलो पटक पक्राउ पुर्जी जारी भएको हो ।


प्रतिक्रिया