मेयर हर्क साम्पाङलाई अर्काको घर जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अदालतको आदेश

प्रमुख खबर

काठमाडौं / उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई अर्काको घर जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।
बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो ।
मेयर साम्पाङविरुद्ध धरानका रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै रिट दायर गर्नुभएको थियो । अदालतले सो रिटमा मेयर साम्पाङलाई कडा आदेश दिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट