`

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

Nepal One HD १० भदौ २०८० १६:१६
प्रशासन

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

सुनुवाइका लागि रोलक्रमको पाचौं नम्बरमा परेको मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको हो ।

फैसलाको चरणमा रहेको मुद्दा विभिन्न कारण देखाई सर्दै आएको छ । जिल्ला अदालतले गत ३२ साउनमा अन्तिम पेसी भनेपनि बिना सुनवाइ स्थगित गरेको थियो ।

न्यायाधीस राजुकुमार खतिवडाको इजलासले जाहेरीकर्ता गौशाला २६ कि आमाको दोहोरो जन्ममिति देखिएको भन्दै त्यसलाई स्पष्ट पार्ने कागजात मगाएको थियो । उक्त कागज आइसकेपछि आजलाई पेशी तोकिएको थियो । तर , आज पनि नहुने भएपछि अर्को पेशीमा बहस हुनेछ ।


प्रतिक्रिया