`

कोसी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा

Nepal One HD १८ भदौ २०८० ११:२६
प्रमुख खबर

काठमाडौँ / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’बिरुद्ध नेकपा एमालेले दायर गरेको रिटको सुनुवाइ न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ ।

कोसी सरकारका मुख्यमन्त्री उद्धव थापासहितलाई विपक्षी बनाउँदै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि आजदेखि नियमित सुनुवाइ हुनेछ ।

हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण इजालसमा सुनवाइ हुन लागेको हो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए ।


प्रतिक्रिया