`

कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनवाइ हुने

Nepal One HD १९ भदौ २०८० ११:१३
प्रशासन

काठमाडौं – कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजवाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ । सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो । 

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

हिजो निवेदकका तर्फबाट बहस सकिएकाले आज मुद्दामा प्रत्यर्थीका कानुन ब्यवसायीले बहस गर्ने छन् । बहसका लागि इजलासले निवेदक र प्रत्यर्थीका वकिलहरुलाई चार चार घण्टाको समय तोकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो ।


प्रतिक्रिया