सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्छ :बालेन शाह

प्रशासन

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले काठमाण्डौ महानगर वा आसपासमा १०० रोपनी जग्गा उपलब्ध गराए महानगरले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताउनुभएको छ।
बालेनले सामाजिक सञ्जालमा नेपाल र भारतको खेल भएको क्रिकेट स्टेडियम त्रिविको क्रिकेट स्टेडियम जस्तै भएको र नेपालमा त्यही स्तरको रंगशाला ८०-९० करोडमा नै बन्ने उल्लेख गर्नुभएको हो।
’ उहाँले रङ्गशाला बनाउने र केही ठूला खेलहरु आयोजना हुने हो भने खेल विकास हुन सक्छ र एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ पनि बताउनुभएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट