कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प

प्रमुख खबर

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् ।
गत साउन २ गते विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएपछि आन्दोलित उनीहरुले भन्सारका सबै सेवा ठप्प पारेका हुन् । सीआईबीले अहिलेसम्म भन्सारका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए ।
उक्त माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले हिजोदेखि आन्दोलन थालेका हुन् । सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट