दशैंको दोस्रो दिन: टीका र जमरा लगाउने क्रम जारी

दशैंको दोस्रो दिन: टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । दशैँको टीका तथा जमरा आज (बुधबार) पनि लगाइँदै छ । हिजो (मंगलबार) मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको दोस्रो दिन पनि जारी छ ।

टाढाटाढा जानु पर्ने र माइत,ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । यद्यपि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।

nepalone