नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौ । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य प्रस्तुत गरेको हो । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई जितका लागि २२५ रनको लक्ष्य दिएको हो । त्रिभुवन विश्वविदालय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अल आउट हुँदै २२४ रन मात्रै बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सबैभन्दा धेरै ६२ रन बनाए । उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरेका थिए ।
यस्तै, आरिफ शेखले ३८ रन र सोमपाल कामी २७ रन जोडेका थिए ।

सम्बन्धित समाचार

सबै