गौशालास्थित एक होटलमा महिलाको हत्याको गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । काठमाडौंको गौशालास्थित एक होटलमा महिलाको हत्याको गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गौशालास्थित सिरहा धनुषा सर्लाही होटल एन्ड लजमा शुक्रवार रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी प्रमिला दमाईको शव फेला परेको थियो । प्रहरीका अनुसार उनको शव होटलको कोठामा डोरीले घाँटी बाँधिएको अवस्थामा फेला परेको थियो ।

सोही घटनामा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीले आज उनका प्रेमीलाई पक्राउ गरेको छ । युवतीसँगै होटलमा बसेका व्यक्तिलाई प्रहरीले नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूको विवाहेत्तर सम्बन्ध थियो । उनका प्रेमीको परिचय भने प्रहरीले खुलाएको छैन । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार माघ २८ मा नै हत्या गरेर प्रेमी फरार भएका थिए ।

सम्बन्धित समाचार

सबै