रवि र जीबीमाथि सम्पत्ति शुद्धीकरण विभागद्वारा अनुसन्धान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  र विभिन्न सहकारीका सञ्चालक जीबी राईमाथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन सुरु गरेको छ । विभागले उनीहरुको सम्पत्तिमाथि छानबिनका लागि उनीहरुका कारोबार उपलब्ध गराउन बैंकहरुलाई पत्राचार गरेको छ ।

यही माघ ८ गते विभागले रवि–जीबीको नाम उल्लेख गर्दै उनीहरुका बैंकिङ विवरणहरु उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेको छ । विभागले विभिन्न २० वटा बैंकलाई सम्बोधन गर्दै उनीहरुको बैंकिङ विवरणहरु उपलब्ध गराउन माग गरेको छ । रवि–जीबी जोडिएको सहकारीको फाइल समेत अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

सहकारी ठगीमा जोडिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सहकारी ठगीका मुख्य नाइके भनिएका जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक हुन् । उनीमाथि कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

सम्बन्धित समाचार

सबै