त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड नेपाली रुपैयाँ मूल्य बराबरको विदेशी मुद्रासहित दुईजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

फ्लाई दुबईबाट नेपाल आएका पाकिस्तानी नागरिक येसीन अहमद र मोहम्मद अदनान लखानीलाई रकमसहित नियन्त्रणमा लिईएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक कृष्ण हरि शर्माले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानतर्फको आगमन गेटमा शंका लागि जाँच गर्दा उनीहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (नेपाली ९५ लाख ४३ हजार ३८४ रुपैयाँ)सहित पक्राउ गरिएको हो । उनीहरूलाई आजै राजस्व अनुसन्धान विभागलाई बुझाईने वरिष्ठ प्रहरी उपरिक्षक बताए ।

सम्बन्धित समाचार

सबै