मुलुकको आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । महासंघले अर्थतन्त्रलाई समस्याबाट बाहिर ल्याउनको लागि प्रयत्न गरिरहेको भन्दै सरकारलाई आवश्यक सुझाव दिइरहेको उनले बताए । उनले बैंकको लगानीयोग्य फण्ड रहेको अवस्थामा आम जनतामा आत्मविश्सा बढ्न नसकेको जिकिर गरेका छन् ।

उनले विकास आयोजनाहरुको खर्च भएको भुक्तानी नपाएको भन्दै यस्ता समस्याहरुलाई समाधान गनुपर्ने धारण पनि राखेका छन् ।

सम्बन्धित समाचार

सबै