टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा, २३ करोड गैरकानुनी सम्पति आर्जनको अभियोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पौडेलविरुद्ध २०६१ जेठ २० देखि ०७९ फागुन ३० सम्मको सम्पत्ति छानविन गरेको उल्लेख गरेको छ । दूरसञ्चार र प्रविधिजन्य उपकरण खरिद तथा त्यससँग जोडिएको आर्थिक खटनपटनमा अनियमितता गरेर उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।

सम्बन्धित समाचार

सबै