कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले माओवादीका सांसद परियारलाई बुधबार विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई मन्त्री पठाउने निर्णय गरेको थियो ।

परियार हुम्ला प्रदेश सभा (क)बाट निर्वाचित सांसद हुन् । चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सरकारलाई पूर्णता दिन सकेका छैनन् । मुख्यमन्त्री कँडेलले बिहीबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

सम्बन्धित समाचार

सबै