सामाजिक संजालमार्फत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने टीका बनिन् कृषिमन्त्री

सुदूरपश्चिम । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएकी थापाले प्रदेश प्रमुख नजिर मियाँसमक्षा मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रीमण्डल विस्तार गर्दै थापालाई नियुक्त गरेका थिए । यसअघि थापालाई बिनाविभागीय मन्त्री बनाउन लागिएको थियो। त्यसलाई अस्वीकार गर्दै उनले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सोडारीलाई आफ्नो समर्थन नरहेको साथै सरकारमा समेत नजाने भन्दै विज्ञप्ति जारी गरेकी थिइन् ।

मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो। मुख्यमन्त्री सोडारीले यसअघि नै नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिसकेका छन्।

सम्बन्धित समाचार

सबै