विदेशीको दवाव प्रभावका कारण मुलुकको सत्ता समिकरण परिवर्तन भयो : अध्यक्ष लिङ्देन

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दवाव प्रभावका कारण मुलुकको सत्ता समिकरण परिवर्तन भएको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रीक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले नेपालका राजनीतिक दलहरु विदेशीको इशारामा चल्ने गरेको आरोप लगाउदै सत्ता समिकरण परिवर्तन पनि बिदेशीको दवाव र प्रभावका कारण भएको बताएका हुन् ।

अहिले दलहरुको प्राथमिकतामा सत्ता मात्रै रहेको उनले बताए । लिङ्देनले चूनावमा गठबन्धन गर्ने बिषयमा पनि विदेशीको दवाव आउने गरेको धारणा राखेका छन् ।

मिलिजुली बाँकी रहेको देश लुट्ने र लुटको कारवाहीका लागि सत्तालाई प्रयोग गर्ने गरेको भन्दै उनले यस अवस्थालाई देशलाई मुक्त गर्न राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे ।

उनले राजनीति गर्नेमान्छेहरु आर्थिक रुपमा इमान्दार हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

सबै