अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

आयोगले राई नेतृत्वको दललाई मान्यता दिने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिएका छन् । जसपा नेपालबाट विभाजित भएका राईको नेतृत्वमा प्रतिनिधिसभाका ७ सांसदले आइतबार दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरेका थिए ।

सोमबार आयोगले राईलाई दल दर्ताको प्रमाण पत्र हस्तान्तरण गरेको छ । जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगले दल दर्ताको मान्यता दिएको हो ।

राईले आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवदेन दिएका थिए। राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन्।

सम्बन्धित समाचार

सबै