कोसी प्रदेशमा सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । कोसी प्रदेशमा नेकपा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीकातर्फबाट बिहीबार अधिवक्ता सुप्रेक्षा जोशीले बिहीबार रिट दर्ता गराएकी हुन् । रिटमा कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ । रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाएको छ । रिटको शुक्रबार पेसी तोकिएको छ ।

सम्बन्धित समाचार

सबै