परदेशी भावनामा आधारित मनछुने प्रस्तुति यूके लान्छु बजारमा

नेपाली सङ्गीत क्षेत्र अहिले लोकदोहोरी गीतहरूले व्यापक लोकप्रियता हासिल गरिरहेको समय हो। यही सन्दर्भमा समीप इन्टरटेन्मेन्टले ‘यूके लान्छु’ शीर्षकको नयाँ लोकदोहोरी गीतको म्युजिक भिडियो भव्य रूपमा सार्वजनिक गरेको छ। यस गीतको कथावस्तु युकेमा बसेका एक लाउरेको जीवनकथामा आधारित छ।
उनले आफ्नी प्रेमिकालाई सम्झँदै आफ्नै घरमा बहिनीको विवाहमा सहभागी हुन आउँदा उत्पन्न हुने भावनात्मक पलहरू भिडियोमा मार्मिक ढंगले चित्रण गरिएको छ। गीतले परदेशी नेपालीको भावना, प्रेम र पारिवारिक सम्बन्धलाई सजीव ढंगले प्रस्तुत गर्छ।
गीतमा गायक सचिन भट्टराई र गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। अभिनयमा सुनिल न्यौपाने र चर्चित अभिनेत्री गरिमा शर्माले मुख्य भूमिका निर्वाह गरेका छन्। साथै सहायक कलाकारहरूमा सरोज पौडेल, भीमार्जुन ओली, निकसन लोहनी, ईश्वर श्रेष्ठ, तथा बहिनीको भूमिकामा रविना पाण्डे देखिएका छन्।
गीतको शब्द र संगीत सचिन भट्टराई स्वयम्ले तयार गरेका हुन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्।प्राविधिक पक्षमा पनि विशेष ध्यान दिइएको छ। छायांकन हरी हुमागाईं, कोरियोग्राफर रोशन विश्वकर्मा, मेकअप दिपु पौडेल, सम्पादन तथा रङ संयोजन दिल्सन शाह, सह–निर्देशन सुनिल बुढाथोकी, प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने, तथा निर्माण मिना बर्तौलाले गरेकी छिन्।गीतको निर्देशन भने हाल चर्चामा रहेका निर्देशक दिलीप समनले गरेका छन्।