समाचार

सुरेश शिवाकोटीको ‘केलाई हतार’

NepalOne
१ जेठ २०८२ २३:२३

काठमाडौं । गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘केलाई हतार’ सार्वजनिक भएको छ । गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको गीतमा गोविन्दकै संगीत छ ।

निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्द, मोडलहरु सन्देश थापा, सञ्चिता बोलखी, प्रेमराज लामिछाने लगायतको अभिनय देख्न सकिन्छ। ।

एचबिएन किस्मतको एरेन्ज, सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन्।


प्रतिक्रिया