मोबाइल लुटपाटमा संलग्न गिरोह पक्राउ


काठमाडौं । प्रहरीले ट्याक्सी चालकहरूको मोबाइल लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घर भएका काठमाडौं जडीबुटी बस्ने १८ वर्षीय शिखरजङ थापा भनिने नवराज सुनुवार, धनुषाको तारापटी सिर्सिया गाउँपालिका–६ घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने १८ वर्षका राजनिष्ट यादव र रौतहटको गरुडा नगरपालिका–२ घर भई कपन बस्ने २७ वर्षीय सुरेश ठाकुर छन् ।
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरले जनाएको छ । यो गिरोहले वैशाख ५ गते अपरान्ह ४ बजेरित बसुन्धारामा चितवन घर भएका प्रेम तामाङको बा २ ज ३४५८ नम्बरको ट्यास्की रोक्दै ठमेल जान भनेर सोधखोज गरेका थिए । त्यसपछि फोन गरौं भन्दै ट्यास्की चालकको मोबाइल लिएर फरार भएका प्रहरीले जनाएको छ ।
त्यसअघि यो गिरोहले चैत १७ गते राति ८ बजेतिर धुम्बराही पिपलबोटबाट बा २ ज ९६७१ नम्बरको ट्याक्सी चालक कुलबहादुर राउतको मोबाइल लुटेको खुलेको छ । त्यस्तै १९ चैतमा राति ८ बजेतिर धुम्बराही पिपलबोटबाटै बा २ ज ६४८० नम्बरको ट्याक्सीका चालक राजकुमार तामाङको मोबाइल लुटेर फरार भएका थिए ।