सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

NepalOne १३ वैशाख २०८२ २१:५९
अपराध

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार साँझ राईलाई कपनस्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि राई लामो समयदेखि फरार थिइन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन उनीमाथि सिफारिस गरिएको थियो ।


प्रतिक्रिया