कांग्रेस सांसद राईलाई थप पाँच दिन थुनामा राख्न अनुमति

अपराध

काठमाडौँ । सहकारी ठगीमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश पदमराज पाण्डेको इजालसले राईलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।
सांसद राई वैशाख १३ मा पक्राउ परेकी थिइन् । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।
उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् ।
प्रतिक्रिया
ताजा अपडेट