नारायणी अस्पताल वीरगंजका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

NepalOne २१ वैशाख २०८२ १७:४९
अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जस्थित नारायणी अस्पतालका तत्कालीन निर्देशक डा. सञ्जय ठाकुरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आयोगले आइतबार अस्पतालको आकस्मिक कक्ष भवन निर्माण र ‘इन्टरलक ब्लक’ बिछ्याउने सम्बन्धी ठेक्कामा मिलेमतो गरेको गरेको दाबीसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक निर्माण कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी हानिनोक्सानी पुर्याएको अख्तियारले दाबी गरेको छ ।

अभियोगपत्रमा भनिएको छ, ‘लक्षित बोलपत्र बाहेकका अन्य बोलपत्र प्रस्तावलाई असफल कायम गरेको, स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्याएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ ।’


प्रतिक्रिया