एक करोड ५० लाख जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ

अपराध

काठमाडौं । प्रहरीले एक करोड ५० लाख रुपैयाँ बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका ३० बस्ने वर्ष ४७ का अमित अग्रवाललाई मंगलबार पक्राउ गरेको हो । बैङ्किङ कसुर मुद्दामा उनलाई ३० दिन कैद र एक करोड ५० लाख जरिवानाको फैसला भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट