विश्वकप लिग २ का लागि नेपाली टोली घोषणा

NepalOne २७ वैशाख २०८२ २०:०८
खेलकुद

काठमाडौं । आगामी जुनमा स्कटल्यान्डमा हुने विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा गरिएको छ । नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट लले जिम्मेवारी सम्हालेपछि पहिलोपटक टोली घोषणा गरिएको हो ।

स्टुअर्टले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा दीपेन्द्रसिंह ऐरी(उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भिम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।

लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंहले स्कटल्याण्डमै हुने टी–२० सिरिजका लागि टोलीमा मौका पाएका छन् । नेपालले स्कटल्याण्ड भ्रमणका क्रममा लिग–२ सिरिजअघि स्कटल्याण्ड ‘ए’ टोलीसँग दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ ।


प्रतिक्रिया