टेस्ट क्रिकेटबाट सन्न्यास लिने कोहलीको घोषणा

NepalOne २९ वैशाख २०८२ १४:०६
खेलकुद

काठमाडौं । भारतका स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । इन्स्टाग्राममा एक पोस्ट लेख्दै कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेका हुन् ।

उनले पछिल्लो पटक बोर्डर गावस्कर सिरिज खेलेका थिए। जहाँ उनको प्रदर्शन राम्रो हुन सकेको थिएन। सिरिजमा उनले २३.७५ को औसतमा रन बनाएका थिए ।

उनले केही दिन अघिनै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) लाई आफ्नो निर्णयबारे जानकारी गराएका थिए। यद्यपि, बीसीसीआइले उनलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो । ३६ वर्षीय कोहलीले टेस्ट क्रिकेटमा १२३ खेलबाट ९२३० रन बनाएका छन् ।


प्रतिक्रिया