समाचार

दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसीमा रोक

NepalOne
३० वैशाख २०८२ १७:४०

काठमाडौं । सरकारले दक्षिण कोरियामा भाषा तथा स्नातक अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गरी एनओसी स्थगित गरेको हो । मन्त्रालयले डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने र त्यसले दिने प्रतिवेदनको आधारमा थप निर्णय लिइने जनाएको छ ।

मन्त्रालयले विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जानेबित्तिकै अवैधानिक रूपमा भए पनि काम गर्न पाइने भनेर आश्वासन दिने तर उता गएपछि सोचेजस्तो नहुँदा विद्यार्थीहरू मानसिक तनाव र समस्यामा पर्ने गरेको गुनासोसमेत आएको जनाएको छ ।


प्रतिक्रिया