साउदी अरब र अमेरिकाले गरे १४२ अर्ब डलरको हतियार सम्झौता

NepalOne ३० वैशाख २०८२ २१:५३
विश्व

बीबीसी । अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलर बराबरको हतियार सम्झौता भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणमा क्रममा साउदी अरेबियासँग अमेरिकाले १४२ अर्ब डलरको हतियार सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ ।

घोषणा गरिएका अमेरिका र साउदी अरेबियाबीचका सम्झौताहरूमध्ये ‘इतिहासकै सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता’ रहेको ह्वाइट हाउसले जनाएको छ ।

सम्झौतामा साउदी अरेबियालाई ‘एक दर्जन भन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध उपकरण र सेवाहरू’ प्रदान गर्नु रहेको छ ।

ट्रम्प साउदी अरब, कतार र यूएईको भ्रमणमा छन् । ट्रम्पले युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् ।


प्रतिक्रिया