समाचार

कांग्रेस सभापति देउवा र जनार्दन शर्माबीच अर्थपूर्ण भेट

NepalOne
२ जेठ २०८२ १७:१६

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो कांग्रेस सभापति देउवालाई भेट्न उपमहासचिव शर्मा देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको शर्माले जानकारी दिएका छन् । भेटपटि शर्माले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थिति बारे छलफल भयो।’

शुक्रबार नै माओवादी अध्यक्ष प्रचण्डले डडेल्धुराबाट देउवासँग टेलिफोन संवाद गरेका थिए । ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’का लागि पुगेका प्रचण्डले देउवासँग फोनमा कुरा गरेका हुन् ।


प्रतिक्रिया