समाचार
रविन्द्र मिश्रलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश गरेको छ ।
बन्दीप्रत्यक्षीकरणको रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई रिहा गर्न आदेश दिएको हो ।
मिश्र ५० दिनदेखि प्रहरी हिरासतमा थिए । गत १५ चैत गते राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । उनलाई प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।
उनकी पत्नी सारिका कार्कीले गत मंगलबार काठमाडौं जिल्ला अदालतलाई समेत विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
प्रतिक्रिया