समाचार

यही महिनाको अन्त्यसम्ममा कांग्रेस र एमाले उपसभामुख हटाउने योजनामा छन्ः सांसद सिंह

NepalOne
४ जेठ २०८२ १३:४३

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले कांग्रेस र एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने खेलमा लागेका बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले जनजाति महिला भएकै कारण उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी गरिएको बताएका हुन् । उनले उपसभामुखलाई हटाउन खोजे त्यो स्वीकार्य नहुने बताए ।

उनले भने,‘यही महिनाको अन्त्यमा कांग्रेस एमाले पार्टीलाई ठूलो बम्पर उपहार पर्दैछ । अब जनजाति महिला उपसभामुखलाई बलि दिने तयारी हुँदैछ । त्यो स्वीकार्य छैन ।’

उनले नेपाली कांग्रेस छानीछानी जनजातीहरुलाई बलि दिने खेलमा लागेको आरोप लगाए । उनले भने, ‘जनजाति भएकै कारण उपसभामुख पदलाई बलि दिन खोजिँदैछ । के कांग्रेसलाई अब जनजाति चाहिँदैन ? कांग्रेसले लोडसेडिङ गर्न तामाङ समुदायका दुई नेतालाई बलिदियो । एउटा कुलमान घिसिङ र अर्का कान्छाराम तामाङलाई । त्यस्तै मधेसी भएको कारणले डा.सङ्गीता कौशललाई सिनियर भएर पनि स्वास्थ्य सचिव बनाए । त्यसैले कांग्रेस जनजाति विरोधी पार्टी हो । ८४ को चुनावमा यिनीहरुलाई मतदाताले डाँडो कटाउनुपर्छ ।’

उनले रेशम चौधरीलाई कांग्रेसले नै पक्राउ गर्न लगाएको आरोप लगाए ।


प्रतिक्रिया