समाचार

यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

NepalOne
५ जेठ २०८२ ११:१९

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनायो ।

जसमा कप्तान इशा ओजाको ३९, तीर्था सतिशको २१ र हीना होचन्दानीको २० रनको योगदान रह्यो । नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिएर उत्कृष्ट बलिङ गरिन् ।

उनले ४ ओभरमा २० रन खर्चिइन्। कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट हात पारे । यो खेल दुवै टोलीका लागि जित्नैपर्ने अवस्थामा छ। नेपालले जितेमा एक खेल अगावै ग्लोबल छनोटमा पुग्ने पक्का हुनेछ।


प्रतिक्रिया