समाचार
दैलेखमा प्रचण्डद्वारा पत्रकार डेकेन्द्र थापाको परिवारसँग भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैलेखका स्वर्गीय पत्रकार डेकेन्द्र थापाको सालिकमा सोमबार माल्यार्पण गरेका छन् । माल्यार्पणअघि प्रचण्डले उनको घरमा पुगेर आमा र परिवारका सदस्यसँग कुराकानी गरेका थिए ।
पत्रकार थापालाई द्वन्द्वकालमा माओवादी मिलिसियाले अपहरण गरेर लगेपछि २०६१ साउन २७ गते द्वारी–१ स्थित नेरा निम्न माध्यमिक विद्यालयको कक्षाकोठामा हत्या गरेका थिए । थापाको कंकाल घटनाको चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिएको थियो ।
प्रतिक्रिया