समाचार

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

NepalOne
६ जेठ २०८२ १२:५३

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ ।

थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो । योसँगै थाइल्यान्ड अपराजित रहँदै उपाधि जित्दा नेपाल उपविजेतामा सीमित भयो । नेपालकी कविता कुँवरले सबैभन्दा धेरै २४ रन बनाइन् ।

थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन् । यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनायो ।

नेपाल र थाइल्यान्ड यसअघि नै एशियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटमा पुगिसकेका छन् ।


प्रतिक्रिया